गोरखा । बिगत ११ महिनामा करिब १ लाख १५ हजार मानिसले गोरखा सदरमुकाममा रहेको गोरखा दरर्बार संग्रालयको अवलोकन गरेका छन् । ०८० साल साउनदेखी ०८१ साल जेठसम्म १ लाख १४ हजार ३४४ जना स्वदेशी तथा विदेशीहरुले संग्रालयको अवलोकन गरेका हुन् ।
उक्त अवधिमा सबैभन्दा बढी भने ०८० साल मंसिर महिनामा १७ हजार ७८१ जनाले अवलोकन गरेको संग्रालय प्रमुख जयनारायण कार्कीले बताए । सबैभन्दा कम भने भाद्र महिनामा ४ हजार ८४९ जनाले अवलोकन गरेको उनले जानकारी दिए ।
अवलोकन गर्न आउने मध्ये सार्क राष्ट्रका १४१ जना छन् भने १ हजार ४९५ जना विदेशीले संग्रालयको अवलोकन गरेका छन् ।
संग्रालय भित्र तात्कालिन गोरखा राज्यको महत्व झल्किने ऐतिहासीक, पुरातात्विक, आर्थिक तथा संस्कृती झल्कने खालका सामाग्रीहरु रहेका छन् । सोही अवधीमा ३४ हजार ७८९ जना नेपाली बिद्यार्थी र ७७ हजार ९१९ जना नेपालीहरुले संग्रालयको अवलोकन गरेका थिए ।
११ महिनाको अवधीमा संग्रालय अवलोकन गर्नेहरुबाट २६ लाख १० हजार ३९६ रुपैयाँ राजश्व समेत आम्दानी गरेको प्रमुख कार्कीले जानकारी दिए ।
कुल ६८ रोपनी क्षेत्रफलमा फैलिएको संग्रालय अवलोकका लागि बिद्यार्थीहरुले १० रुपैयाँ तथा सर्व साधारण नेपालीहरुले २५, सार्क राष्ट्रकाले ५० र अन्य विदेशी मुलुकका नागरिकहरुले १०० रुपैयाँ शुल्क तिनुपर्ने छ ।





















