गोरखा । नेपाल गणतान्त्रिक यातायात ब्यवसायी संगठनको गोरखा अध्यक्षमा दिपक बोहरा सर्व सम्मत रुपमा चयन भएका छन् । संगठनको गोरखा सदरमुकाममा भएको पहिलो अधिवेशनले बोहरालाई अध्यक्षमा सर्व सम्मत चयएन गरेको हो ।
संगठनको उपाध्यक्षमा रामप्रसाद भट्ट, सचिवमा लक्ष्मण देवकोटा र कोषाध्यक्षमा रामप्रसाद पाण्डे सर्व चयन भएको अध्यक्ष बोहराले जानकारी दिए ।
२५ सदस्यीय जिल्ला कार्य समितिको सदस्यहरुमा उत्सव श्रेष्ठ, प्रकाश विक, भरत वस्ताकोटी, शंकर रिमाल, लक्ष्मण नराल, मोहन आचार्य, अशोक मग्राती, कृण्ण पन्त, विनोद पोखरेल, बुद्विमान गुरुङ, सुरेश आले मगर, रामचन्द्र ढकाल र रामचन्द्र सुनार चयन भएका छन् ।
अन्य सदस्यहरु भने समितिको बैठकले चयन गर्ने गरी अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले २ जना सल्लाहकार समेत चयन गरेको छ ।
सल्लाहकारहरुमा एकराज उपाध्याय र खड्ग घलेलाई चयन गरेको अध्यक्ष बोहराले बताए ।
माओबादी केन्द्र निकट संगठनको उक्त कार्यक्रम माओवादी पार्टी गोरखाका जिल्ला ईन्चार्ज अमर तमुले पानसमा बत्ती बालेर अधिवेशनको उदघाट्न गरेका थिए ।
अधिवेशनलाई गणतान्त्रिक यातायात ब्यवसायी संगठन नेपालका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष यानकुमार शाही, गण्डकी प्रदेशका अध्यक्ष प्रकाशमणी तिवारी, उपाध्यक्ष कपिल सिर्मल, केन्द्रिय सदस्य अर्जुन पौडेल, माओवादी केन्द्रका अकुर तिमिल्सिना, यातायात ब्यवसायी रामहरी केसी र वाईसिएल गोरखाका अध्यक्ष सागर श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।


