गोरखा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाबाट सहभागी मध्ये १ हजार १६३ जना मात्र उत्रिण हुन सफल भएका छन् । कुल ३ हजार ६२८ जना एसईईमा सहभागीता भएका मध्ये उक्त संख्यामा पास भएको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ ।
प्रतिशतका अधारमा ३३ प्रतिशत परीक्षार्थी उतीर्ण हुन सफल भए भने बाँकी ६७ प्रतिशत विद्यार्थीको नतिजामा अबर्गीकृत परेका छन् । उनीहरुले अर्को बर्षका एसईईमा पुनः सहभागी हुन पर्ने इकाइका शिक्षा अधिकुत रमेश प्रशाद मैनालीले जानकारी दिए ।
उनका अनुसार २ वटा विषयमा अबर्गीकृत ग्रेड ल्याउने विद्यार्थीहरुले भने आउदो साउनमा हुने पुरक परीक्षामा सहभागी हुन पाउने छन् ।
यस बर्ष गोरखाबाट एसईईमा सहभागी हुने मध्ये केबल १ जनाले मात्रै ४ जिपीए ल्याएको छ । ३.६ देखी ४ जिपीए ल्याउनेहरुमा ५८ जना, ३.२० देखी ३.६० सम्ममा २४८ जना, २.८० देखी ३.२० ल्याउनेमा ५४७ जना तथा २.४० देखी २.८० सम्म ल्याउनेहरुमा २९१ जना र २.० देखी २.४० सम्मको जिपीए आउनेहरुमा १८ जना परिक्षार्थीले मात्र सफलता पाएको छ ।
यती ठुलो संख्यामा परिक्षार्थी फेल हुनुमा स्कुल ब्यवस्थापन तथा शिक्षकको पढाई तथा बिद्यार्थी स्वयंको पनि लगनशिलतामा कमी आउदै गरेको शिक्षा विज्ञहरु बताउछन् ।



