गोरखा । गोरखाका किसानहरुले लगाएको अन्नबालीको बिमा नहुदाँ समस्यामा पर्न थालेका छन् । कृषि ज्ञान केन्द्रको वेवास्ता र बिमा कम्पनीको हलचक्राईका कारण किसान समस्यामा पर्न थालेका हुन् ।
ब्यावसायीक खेती थालेका गोरखा नगरपालिका–१३ का जितबहादुर भट्टले ठुला क्षेत्रफलमा लगाएको खुर्सानी तथा फलफुल खेती यसपालीको हावाहुरीका कारण लाखौ रुपैयाँको क्षती ब्यर्होनु पर्यो ।
उनले लगाएको अकबरे खुर्सानी तथा फलफुलमा जेठ १७ गते अचानक आएको हावाहुरीले तहसनहस नै पार्यो । किसान भट्टले हावाहुरीका कारण ३ लाखभन्दा बढीको नोक्सानी भएको बताए ।
‘जेठ १७ गते साँझ तिर आएको हावाहुरीले खुर्सानी सहित फलफुल गरेर ३ लाखभन्दा बढीको नोक्सानी भएको’ भट्टले भने ‘बिमा भएको भए केही क्षतीपूर्ती पाइन्थ्यो होला ।’
हावाहुरीले भट्टले लगाएको ४६ रोपनीमा लगाएको १३ हजार बोटका अकबरे खुर्सानीमा क्षती पुर्याउनुका साथै केरा, आँप र रुख कटहरमा क्षती पुर्याएको छ । खुर्सानीका १ हजार ७०० बोट त पूर्ण रुपमा नष्ट भएको पनि उनले बताए ।
कृषि ज्ञान केन्द्रको लापर्वाही
नेपाल सरकारले गोरखाका किसानहरुको बालीको बिमा गराउन प्रुडेन्सील ईन्स्योरेन्सलाई छनौट गरेको छ । तर पनि उक्त ईन्स्योरेन्स संग किसानको बिमा गराउने काममा कार्यालयले खासै ध्यान दिएको पाइदैन ।
समन्वयका जिम्मा पाएको कृषि ज्ञान केन्द्रमा किसानको बाली बिमाका लागि आएको ५ लाख रकम त्यसै फिर्ता हुने भएको छ । हालै सरुवा भएर केन्द्रमा आएका प्रमुख मिरा चौधरीले आफु भरर्खर आएकोले बिमाको बारेमा बुझनु पर्ने बताए ।
‘जिम्मेवारी पाएको बिमा कम्पनीले काम गरेको छैन’ उनले भने ‘यो समस्या गोरखामा मात्र नभएर धेरै जिल्लामा छ ।’ उनले किसानका लागि बिमा गर्न आएको ५ लाख रकममा केही पनि खर्च नभएको पनि बताए ।
कम्पनीले किसानको बालीको बिमा नगरेको बिषयमा प्रदेश स्तरी बैठकमा समेत छलफल भएको भन्दै अबका दिनमा केन्द्रिय स्तरबाट नै नयाँ कदम चालेर बिमाको काम हुन सक्ने ज्ञान केन्द्र प्रमुख चौधरीले बताए ।
अहिले मात्र होइन ज्ञान केन्द्रका प्रमुखहरुले यस अघि पनि दिने जवाफ यही हो । किसान र ईन्स्योरेन्स कम्पनी बिच समन्वयकारी भूमिका नखेल्दा किसानको बालीको बिमा हुन नसकेको कुरा बिमा कम्पनीलले बताउदै आउने गरेको छ ।
बिमाको लागि कुनै पनि किसान आएका छैनन् : आईजीआई प्रुडेन्सीयल ईन्स्योरेन्स
किसानको बालीको बिमा नगरिदिएको आरोप लागेको आईजीआई प्रुडेन्सीयल ईन्स्योरेन्सले जिल्लामा अहिलेसम्म कागती, गोलभेडा र आलुको बिमा पहिलेदेखी नै गर्दै आएको छ ।
आईजीआई प्रुडेन्सीयल ईन्स्योरेन्स नेपाल सरकारले गोरखाका किसानहरुको बालीको बिमा गर्न छनौटमा परेको कम्पनी हो । यसका शाखा प्रमुख समिर श्रेष्ठले किसानको बाली बिमा गर्ने बिषयमा ज्ञान केन्द्रले कुनै पनि समन्वयकारी भूमिका नखेलेको आरोप लगाए ।
‘आजसम्म पनि कुनै पनि किसानले मेरो बालीको बिमा गरीदिनु पर्यो भनेर कार्यालयमा आएका छैनन्’ उनले भने ‘किसान नआउने, समन्वयकारी भूमिकामा रहेको ज्ञान केन्द्रले चासो नराख्ने । कसरी बालीको बिमा हुन्छ ?’
‘किसानलाई बिमामा केही कानूनी समस्या छ । त्यो हामी बुझछौ’ गोरखा शाखा प्रमुख श्रेष्ठले भने ‘समस्या समाधान गर्ने काम सम्वन्धीत सरोकार वाला कार्यालयलको हो । तर उसले चासो देखाउदैन ।’
बिमा कम्पनीका कुराले पनि कृषि ज्ञान केन्द्र गोरखाको वेवास्ताका कारण किसान मर्कामा परेको देखिन्छ । बिमा कम्पनीका अनुसार बाली बिमाका लागि बिज्ञले सिफारीस गनुपर्ने तर किसान पनि नआउने र बिज्ञले पनि बालीको सिफारीस नगर्दा किसान मर्कामा परेको हो ।






