गोरखा । नाबालिका बलात्कार आरोप लागेका भिमसेन थापा गाउँपालिका–२ तान्द्राङका भगिरथ भन्ने कृण्णप्रसाद सोडारीलाई कारागार चलान गरीएको छ ।
गोरखा जिल्ला अदालतले सोमबार भगिरथलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भगिरथले जेठ १६ गते बुधबार बेलुकी पख ‘इ कुमारी’ नाम परिवर्तनलाई बारीमा घाँस काट्दै गरेको अवस्थामा बलजफ्ती समाती बारी नजिकैको गोठमा लगेर डर–त्रास तथा धाक–धम्की दिएर बलात्कार गरेको आरोप लागेको हो ।
घटना लगत्तै पिडित परिवारको तर्फबाट किटानी जाहेरी परेपछी भगिरथलाई प्रहरीले १६ गते बुधबार नै उनको घरबाट नियन्त्रणमा लिएर १७ गते बिहीबार जबरजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गराएको थियो ।
घटनाको अनुसन्धान पश्चात जिल्ला प्रहरी कार्यालय गोरखाले असार १० गते सोमबार सरकारी वकिलको कार्यालय मार्फत राय सहित गोरखा जिल्ला अदालत पेश गर्दा अदालतको आदेशले भगिरथलाई पुर्पक्षका लागि कारागार चलान गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।



