गोरखा । गोरखा जिल्ला भर गएको ११ महिनामा करिब १० हजार सवारी कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट ७७ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनकारी दिएको हो ।
०८० साल साउनदेखी ०८१ सालको जेठ मसान्तसम्म सबै प्रकारका सवारीहरु गरी कुल ९ हजार ५४४ सवारी साधान कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक शिवप्रसाद पाठकले बताए ।
कारवाहीमा परेका मध्ये सबैभन्दा धेरै भने दुई पाग्रे सवारी साधान परेको बताए । ‘विगत ११ महिनामा मोटरसाईकल र स्कुटर गरी ४ हजार ४३६ थान दुई पाग्रे सवारी कारवाहीमा परेको छ’ उनले भने ‘त्यस पछी भने कार–जिप तथा ट्रक–टपिर र अन्य सवारीहरु पनि कारवाहीमा परेका छन ।’
कारवाहीमा परेका दुई पाग्रे सवारीबाट मात्रै ३६ लाख ७२ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको कार्यालयको राजश्व शाखाले जानकारी दिएको छ । उक्त शाखाले दिएको जानकारी अनुसार २ हजार २१६ थान जिप तथा कार कारवाहीमा पर्दा १७ लाख ६६ हजार तथा १ हजार ४७१ थान ट्रक तथा टिपर कारवाहीमा पर्दा १२ लाख ६६ हजार राजश्ज संकलन भएको छ ।
त्यस्तैगरी, अन्य १७ सवारी साधनहरुबाट मात्रै ११ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
कारवाहीमा परेका मध्ये अधिकांशले सवारी साधन चलाउदा आवश्यक कागजात नबोकेको र सवारी चालक अनुमती पत्र बिनै सवारी चालएको तथा केही भने मादक पदार्थ सेवन गरेर सवारी चलाएकाहरु कारवाहीमा परेको पनि कार्यालयले जानकारी दिएको छ ।



