गोरखा । गोरखा जेसिज गोरखाले सदरमुकाममा रहेको बैदिक गुरुकललाई आज खाद्यान्न सहयोग गरेको छ । अन्तराष्ट्रिय बाल श्रम बिरुकाृ दिवश पारेर जेसिजले खाद्यान्न सहयोग उपलब्ध गराएको अध्यक्ष अश्विन ढुङ्गानाले बताए ।
गोरखा नगरपालिका–६ को छहरेमा रहेको श्री गोरखनाथ बैदिक गुरुकुल आधारभूत बिद्यालयलाई चालम २ बोरा, आलु १ बोरा, दाल १० केजी, तेल १ प्याक र १५ केजी तरकारी वितरण गरिएको गोरखा जेसिजको सचिवालयले जनाएको छ ।
विभिन्न जिल्लाबाट आएका साना साना बटुकहरुले उक्त बिद्यालयमा निशुल्क अध्ययन गर्दै आएका छन् । विद्यालयमा संस्कृत अध्यापन गर्न आएका बटुकहरुलाई खानामा समस्या देखिएको भन्दै जेसिजले खाद्यान्न उपलब्ध गराएको हो ।
१८ हजार बरावरको उक्त सामाग्री बिद्यालयका अध्यक्ष बोदप्रसाद अधिकारीलाई जेसिजका पदाधिकारी तथा पूर्व अध्यक्षहरुले संयुत्त रुपमा हस्तान्रण गरेका थिए ।
कार्यक्रममा अध्यक्ष ढुङ्गाना, निवर्तमान अध्यक्ष पुश्कर गुरुङ, पूर्व अध्यक्ष द्वय प्रविन बस्नेत र शैलेन्द्र भट्ट तथा जेसिजका विभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


