पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।
माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् ।
देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले केही बेर नाराबाजी समेत गरेका थिए । फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै एमाले सांसदहरूले नाराबाजी गरेका हुन् ।
उनी संगै मनाङबाट निर्वाचित दिपक मनाङेले समेत मुख्यमन्त्री पाण्डेको पक्षमा मत हालेका थिए । उता केन्द्रिय निर्णय भए संगै राप्रपाका २ साँसदले समेत मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेका थिए ।
५९ साँसदहरुको मात्र उपस्थिती रहेको प्रदेश सभामा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ मत आएको थियो ।


