काठमाडौं । साताकाे पाँचाै दिन आज पनि नेपाली बजारमा सुनकाे मूल्यमा बृद्धि भएकाे छ । नेपाली बजार खुल्नासाथ ताेलामा १ हजार ८०० रुपैयाँले बढेकाे हाे ।
सुनकाे भाउ बढे संगै प्रतितोला १ लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च भएकाे सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
त्यस्तैगरी, चाँदीको मूल्य पनि ताेलाकाे २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८५० पुगेको छ ।



