गोरखा । उत्तरी गोरखाको धार्चे क्षेत्रमा आज बिहान सुख्खा पहिरो गएको छ । पहिरोका कारण मनास्लु पद मार्ग पूर्ण रुपमा अबरुद्व भएको छ ।
धार्चे गाउँपालिका–१ को कालो भिर भन्ने स्थानमा बिहीबार बिहान ६ः३० बजे सुख्खा पहिरो गएको मनास्लु संरक्षण क्षेत्रका छ्याङ लामाले जानकारी दिए ।
अहिले उक्त क्षेत्रमा गएको पहिरो दोभानमा रहेको नेपाली सेनाको टोलीले अबलोकन गरेको र केही बेरमा नै मेशिन लगाएर हटाउने तयारी भईरहेको जानकारी प्राप्त भएको छ ।
पहिरोले ७ मिटर बाटो ओटेको छ । पहिरो ४० मिटर माथीबाट खसेको थियो । पहिरो लगत्तै उक्त क्षेत्रबाट आवत जावत गर्ने सवारी तथा सर्व साधारण रोकिएका छन् ।
दोभान क्षेत्रमा रहेको नेपाली सेनाको टोलीका अनुसार पहिरो हटाउन मेशिन त्यस तर्फ गएकोले अबको केही बेरमा नै सवारी आवत जावत तथा सर्व साधारणहरुलाई हिडढुल गर्न सहज हुने जानकारी दिएको छ ।
तस्बिर छ्याङ लामा



