काठमाडौं । नेपाली बजारमा आज फेरी सुनकाे भाउमा बृद्धि भएकाे छ । मंगलबार नेपाली बजार खुल्नासाथ तोलामा १ हजार ७०० सयले वृद्धि भएको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला १ लाख ४१ हजारमा कारोबार भएकाे सुन आज १ लाख ४२ हजार ७०० मा काराेबार भएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा २५ ले वृद्धि भएको छ । चाँदीकाे भाउ बढेसंगै तोलाकाे १ हजार ८६० रुपैयाँमा काराेबार भएको छ ।



