काठमाडौं । साताकाे अन्तिक दिन आज सुनकाे भाउ घटेकाे छ । नेपाली बजार खुल्नासाथ सुनकाे मूल्यमा प्रतिताेला १ हजार ८०० रुपैयाँले घटेकाे हाे ।
सुनकाे भाउ घटेसंगै शुक्रबार नेपाली बजारमा ताेलाका १ लाख ३६ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । बिहीबार सुन तोलाकाे १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, आज चाँदीको मूल्य पनि घटेकाे छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ८५५ निर्धारण भएको छ ।



