काठमाडौं । साताकाे पहिलाे दिन नेपाली बजार खुल्नासाथै सुनकाे मूल्यमा बृद्धि भएर उच्च रेकर्ड कायम गरेकाे छ । सुन आइतबार ताेलाकाे १ हजार ६०० रुपैयाँले वृद्धि भएको हाे ।
शुक्रबार तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएकाे सुन मूल्य बृद्धि भए संगै आज ताेलाकाे १ लाख ४० हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । शुक्रबार प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९१० पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपाली बजारमा पनि असर परिरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।



