काठमाडौं । नेपाली बजारमा आज सुनकाे भाउमा गिरावट आएकाे छ । बिहीबार बजार खुल्नासाथ ताेलाकाे ८०० रुपैयाँले घटेर १ लाख ३५ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, नेपाली बजारमा चाँदीकाे भाउ तोलामा रु १० ले वृद्धि भएर १ हजार ६८५ निर्धारण भएको छ ।




















