काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्यमा बृद्धि भएकाे छ । साताकाे दाेस्राे दिन बजार खुल्नासाथ तोलामा २०० रुपैयाँले वृद्धि भएको हाे ।
सुनकाे मुल्य ताेलामा २०० रुपैयाँले बढेर आज प्रतिताेला १ लाख ३५ हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ जनाएकाे छ ।
त्यसैगरी चाँदी मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतिताेला १ हजार ६६० कायम भएको छ ।



