काठमाडौं । नेपाली बजारमा आज सुनकाे भाउमा वृद्धि भएको छ । बिहीबार बजार खुल्दा तोलामा २ हजारले बढेर प्रति ताेला १ लाख ३६ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
महासघका अनुसार बुधबार १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ३६ हजार ५०० रुपैयाँ निर्धारण भएको हाे ।
यस्तैगरी, आज चाँदीकाे भाउ पनि बढेकाे छ । चाँदी ताेलामा १५ रुपैयाँले बढेर १ हजार ६४५ निर्धारण भएको छ ।



