काठमाडौं । साताको पहिलो दिन आइतवार आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार ३०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ४७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ४५५ रुपैयाँमा कारोवार भइरहेको छ ।




















