काठमाडौं । केही दिनदेखी ओरालो सुनकाे मुल्य साताकाे पाँचाै दिनमा ह्वात्तै बढेकाे छ । साताको पाँचौ दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतिताेला २ हजार ८०० रुपैयाँले बढेको छ ।
बुधवार १ लाख १६ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १८ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरि, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २५० रूपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ताेलामा ५५ रूपैयाँले बढेर १ हजार ४५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



