काठमाडौं । साताको तेस्रो दिन आज सुनको मूल्य ७०० रुपैयाँले घटेको छ । सोमबार १ लाख १७ हजार रूपैयाँमा कारोवार भएको छापावाल सुन आज ७०० रूपैयाँले घटेर १ लाख १६ हजार ३०० रूपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै, आज तेजाबी सुनको मूल्य आज तोलाको १ लाख १५ हजार ७५० रूपैयाँमा कारोवार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रूपैयाँले घटेर १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ ।



