गोरखा । बैकिङ कसूर मुद्दामा झापा घर भएकी पम्फादेवी बराईलीलाइ प्रहरी गोरखा सदरमुकामबाट पक्राउ गरेको छ । साबिक झापा घैलाडुब्बा गाविस–९ घर भई हाल गोरखा जिल्ला गोरखा नगरपालिका–६ बस्ने बर्ष ४७ कि बराईलीलाइ पक्राउ गरीएको गोरखा प्रहरीले जनाएको छ ।
पक्राउ परेकी पम्फाले चितवन कालिकानगर नगरपालिका–७ बस्ने बर्ष ६२ कि बिन्दुकुमारी सुनार संग सापटी लिएको ११ लाख ४० हजार ५७४ रुपैयाँको एनएमबि बैंक लिमिटेड गोरखा शाखाको चेक काटी दिएकोमा पटक पटक चेक नसाटीए पछी प्रहरीमा उजुरी दिएकी थिइन ।
उजुरी पछी गोरखा प्रहरील पम्फालाई बैकिङ कसूर मुद्दामा दर्ता गरी अनुसन्धान थालेको प्रहरी निरिक्षक रबिन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिवादी पम्फाको खोजतलास गर्ने क्रममा मंसिर २५ गते सोमबार गोरखा सदरमुकाममा फेला पारेको र सोही दिन नै गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।



