काठमाडौं । साताको दास्रो दिन आज सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । आइतबार १ लाख १७ हजार ५०० रूपैयाँमा कारोवार भएको छापावाल सुन आज ५०० रूपैयाँले घटेर १ लाख १७ हजार रूपैयाँ काराेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै, आज तेजाबी सुनको मूल्य आज तोलाकाे १ लाख १६ हजार ४५० रूपैयाँमा कारोवार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतिताेला १५ रूपैयाँले घटेर १ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको छ ।



