काठमाडौं । कारोबारको अन्तिम दिन आज शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।
नयाँ मूल्य अनुसार सुन आज तोलाकाे १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तैगरी, आज तेजाबी सुनको मूल्य समेत तोलामा २०० रुपैयाँले बढेर १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज स्थीर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।



