काठमाडौं । साताकाे तेस्राे दिन मंगलबार (आज) नेपाली बजारमा सुनको भाउ तोलामै २ हजार ४०० रुपैयाँले घटेको छ ।
दिनहुँ मूल्य बढेर नयाँ रेकर्ड बनाएको सुन आज २ हजार ४०० ले घटेर प्रतितोलाकाे १ लाख १९ हजार २०० रुपैयाँमा काराेवार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार ४०० रुपैयाँले सुन सस्तिएको हो ।
त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि २ हजार ३५० रुपैयाँ घटेर प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा काराेबार भएकाे संघले जनाएकाे छ ।
चाँदीको मूल्य आज प्रतितोला १ हजार ५०० रहेको छ ।




















