काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । आइतबार प्रतितोला रु १ लाख २० हजार ८०० कायम भएको छापावाल सुनको मूल्य आज रु ८०० ले बढेर प्रतितोला रु १ लाख २१ हजार ६०० पुगेको हो ।
नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु १ लाख २१ हजार कायम भएको छ ।
साथै चाँदीको मूल्य प्रतितोला रु १ हजार ५४५ मा कायम भएको छ ।




















