काठमाडौं । साताको पहिलो दिन आज सुनको भाउ ८०० रुपैयाँ बढेर नेपालकै इतिहासमा अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।
आज सुन तोलाको १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार प्रतितोला १ लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ८०० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
यस्तै, आइतबार तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ५४५ रुपैयाँमा कारोबार भैरहेको छ ।



