काठमाडौं । साताकाे तेस्राे दिन आज नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।
सोमबार १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ कायम भएको छ ।
आज चाँदी भने सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।



