काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
हिजो तोलामा ६०० रुपैयाँले बढेको सुन आज पनि ५०० रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८५० रुपैयाँ कायम छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज १ हजार ५०० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ४८५ रुपैयाँ थियो ।



