गोरखा । आन्तरिक राजश्व कार्यालय दमौलीले गोरखाको २ वटा संस्थालाई बढी कर तिरेको भन्दै सम्मान गरेको छ । सम्मान पाउनेमा साधना लघुबित्त बित्तिय संस्था र कलश आयल स्टार्स भएको आन्तरिक राजश्व कार्यालय दमौलीले जानकारी दिएको छ ।
दुवै संस्थाका प्रतिनिधिहरुलाई बिहीबार दमौलीमा आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवशरमा सम्मान गरिएको हो ।
आर्थिक वर्ष २०७८÷७९ मा आयकर तर्फ गोरखा जिल्लाबाट सबैभन्दा बढि कर तिर्ने गोरखा जिल्लाबाट वित्तिय तर्फ साधना लघुवित्त वित्तिय संस्थाले ५ करोड ४८ लाख ५० हजार ९८० रुपैयाँ र ट्रेडिङ तर्फ कलश आयल स्टोर्सले २७ लाख १२ हजार ९४० रुपैयाँ कर दाखिला गरेको कार्यालयले जनाएको छ ।
दुवै संस्थाका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र आन्तरिक राजश्व कार्यालय तनहुँका प्रमुख डमरुप्रसाद पराजुलीले संयुक्त रूपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।



