साँकेतिक तस्बिर
काठमाडौं । साताको अन्तिम दिन आज सुनको मूल्य प्रति तोला २ हजार ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवासायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा प्रति तोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाली बजारमा गत सोमबार मात्रै प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तैगरी, चाँदी तोलामा ९० रुपैयाँले बढेर ज्ञ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



