गोरखा । गोरखा सदरमुकामबाट प्रहरीले बैकिङ कसुरका १ फरार ब्यत्तीलाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यत्ती धादिङ सिद्धलेख गाउँपालिका–७ घर भई हाल गोरखा नगरपालिका–६ हरमटारी बस्ने बर्ष ३१ को दिपेश मगर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी रबिन्द्र अधिकारीले जानकारी दिए ।
पक्राउ परेका मगरले सापटी वापतको २१ लाख २० हजार रुपैयाँ रकमको चेक काटेर दिएता पनि खातामा पर्याप्त रकम नभएका कारण चेक बाउन्स भएको थियो ।
मेघा बैंक लिमिटेड गोरखा शाखाको चेक सापटी लिएका धादिङ गजुरी गाउँपालिका–२ बस्ने बर्ष ३८ की बसन्ता कंडेललाइ दिएका थिए । चेक सटही हुन नसकेपछी कडेलले चेक अनादर मुद्वा दर्ता गराएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
मुद्दा दर्ता लगत्तै खोजी गर्दा मगरलाई सोमबार गोरखा सदरमुकामबाट गोरखा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई सोमबार नै गोरखा अदालतबाट म्याद थप प्रहरीको हिरासतमा राखिएको छ ।
पक्राउ परेका मगर बिरुद्ध बैकिङ कसुर शिर्षकमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



