काठमाडौं । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य ताेलामा २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाला सुन २०० रुपैयाँले बढरेर प्रतितोला १ लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बिहीबार छापावाला सुन तोलामा १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलाकाे १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेकोे छ ।
त्यसैगरी चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । चाँदी तोलाकाे १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।




















