गोरखा । गोरखाको गोरखनाथ गुफामा चलिरहेको १९औं रोट महोत्सव आज समापन भएको छ । महोत्सव ११ दिनसम्म चलेको थियो ।
विश्व शान्तिको कामना गर्दै आउने सिद्धाश्रम शक्ति केन्द्रले गोरखनाथ गुफामा २०६१ सालदेखी ‘सवालाख रोट महोत्सव’ गर्दै आएको छ । बैशाख पूर्णीमा अर्थात जेष्ट २ गतेदेखि चलेको रोट महोत्सवमा स्वदेश तथा विदेशबाट करिब ३० हजार भक्तजनले सहभागीता जनाएको केन्द्रका रामजी अर्यालले बताए ।
यस पटक केन्द्रले १ लाख ५४ हजार ६२४ वटा रोट गुरु गोरखनाथलाई अर्पण गरेको सिद्वाश्रम शक्ति केन्द्र गोरखाका किशोर अकेलाले जानकारी दिए ।
०७७ र ०७८ सालमा कोरोना महामारीका कारण सामान्य रुपमा मनाईएको महोत्वस यस बर्ष भने भब्य रुपमा मनाइएको थियो ।
महोत्वसको पहिलो दिन गोरखा बजारदेखी–ठुलो आगन–सतिपिपल हुदै गोरखनाथ गुफासम्म कलश यात्रा तथा झाकी सहितको ¥याली गएिको थियो भने आज समापनको दिन गोरखा नाथ गुफा विशेष कार्यक्रम गरेर महोत्सवको समापन गरिएको केन्द्रले जनाएको छ ।
रोट महोत्सवलाई सुरुदेखी नै गोरखाको धार्मीक पर्यटनको बिकासको रुपमा हेरिदै आएको छ ।




















