गोरखा समाचारदाता
काठमाण्डौं – बिहिबार कपिलवस्तु जिल्लामा २ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य छ ।


