गोरखा समाचारदाता
गोरखा – भारतीय एक नागरिकलाई गोरखाको क्वारिन्टीनमा राखिएको छ ।
भारतबाट नेपालको नाका हुदै आएको गोरखा आउदै गरेको आलम थरका भारतीयलाई देउरालीको क्वारिन्टीनमा राखिएको हो ।
गोरखा सदरमुकामको ए टु जेट इलेक्ट्रोनिक्स पसलमा काम गर्ने भारत बेतिया जिल्ला घर भएका २३ बर्षिया जावेद आलमलाई क्वारिन्टीनमा राखिएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । ‘हामी उसको भोली पिसीआर गर्छौ । कस्तो रिर्पोट आउछ त्यस पछि घर पठाउने वा जिल्ला प्रवेश गर्न दिने भन्ने बिषयमा निर्णय हुने’ उनले बताए ।
विशेष सूचनाको आधारमा उनलाई गोरखा प्रवेश गर्दै गर्दा देउरालीको प्रहरी चौकीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए । ‘उनी भारतको चोरी बाटो हुदै गोरखा आएको भन्ने सूचनाको आधारमा हामीले उनलाई जिल्ला प्रवेश गर्ने बेला नियन्त्रणमा लिएको’ उनले बताए ।
बिरगञ्जको सेडवा भन्ने स्थानबाट उनी नेपाल छिरेको अनुसन्धानबाट खुलेको छ । दुवै देशमा लकडाउन भए पछि ०७६ साल चैत्र २६ गते घर गएका उनी ०७७ बैशाख २५ गते गोरखा प्रवेश गर्दै गर्दा नियन्त्रणमा लिएर क्वारिन्टीनमा राखिएको हो ।
आलमलाई गोरखा नगरपालिकाले हालै निर्माण गरेको गोरखाकाली रबर उद्योगको आवास गृहको क्वारिन्टीनमा राखिएको छ । उनको भोली (शुक्रबार) पिसिआरका लागि स्वाब लिने काम हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भारतबाट नेपालको चोरी नाका हुदै आएका आलम बिगञ्जबाट भने राजधानी जाने मालबाहक ट्रकमा मुग्लीन सम्म आएका थिए । मुग्लीनबाट गोरखा तर्फ आउने झोलुङ्गे पुल तरेर १० किलो निस्कन लागेको आलमलाई फोन नम्बर पत्ता लगाएर देउरालीबाट आउने ब्यवस्था मिलाए पछि प्रहरीले आलमलाई नियन्त्रणमा सफल भएको थियो ।
गोरखाको लागि यो घटना पहिलो हो । यस्ता घटनाले गोरखाबासी त्रसित हुन थालेको छ । पछिल्लो समय बिकास निर्माणको कामका लागि देश भित्रैबाट पनि मजदुरहरु गोरखा जिल्ला प्रवेश गर्ने क्रम ह््वात्तै वढेको छ ।




















