काठमाडौ, – साइप्रसमा एक नेपाली युवाको हत्या भएको छ । उनको चक्कु प्रहार गरी हत्या भएको हो । हत्या हुनेमा चितवनको रत्ननगर नगरपालिका–१२ का २१ वर्षीय विवेक अम्मगाई रहेका छन् । साइप्रसको राजधानी निकोसिया नजिकैको इभिचिउमा मंगलबार राति साथि साथि मिलेर रक्सी खाएका थिए । साइप्रसका प्रहरीले जनाए अनुसार उनको आफ्नै कोठामा बस्ने साथी सुवास गिरीले प्रहार गरी हत्या गरेको बताइको छ ।
गम्भिर घाइते भएका विवेकको अस्पतालमा निधन भएको हो । प्रहारगरी ज्यान लिएका २२ वर्षीय सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निकोसियाको इभ्रीचिउ गाउँमा एउटै घर मा बस्दै आएका नेपाली बिच झगडा हुँदा चक्कु प्रहार गरि हत्या भएको हो ।
स्थानिय मिडियाका अनुसार चक्कु प्रहार गरि गम्भीर घाइते बनाए पछि आरोपीले स्थानिय प्रहरीमा सो घटनाको जानकारी दिदै आत्मसमर्पण गरेका थिए ।पीडितलाई घटनास्थलमा बाट प्रहरीले उद्दार गरि अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको बताइएको छ । प्रहरीले आरोपीलाई नियन्त्रणमा लिइ सकेको छ भने अदालत मा आज नै पेश गर्नेछ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भै रहेको छ ।




















