गोरखा समाचारदाता
काठमाण्डौं – शुक्रबारदेखि शुरु बजेट अधिवेशनको लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना भाइरस परीक्षण गरिएको छ ।
सांसदहरुको पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो ।
आज(बिहिबार) बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसद र ११ बजेदेखि प्रतिनिधि सभा सांसदहरुको स्वाब संकलन गरिएको हो । संसद शुरु हुनु अघि स्वास्थ्य सतकर्ताका लागि नमूना परीक्षण गरिएको राष्ट्रिय सभा जनाएको छ ।
परीक्षणको रिपोर्ट भोलि संसद बैठक शुरु हुनुअघिसम्म आउने बताइएको छ । कार्यव्यवस्था परामर्श समितिले पनि संसद भवन छिर्नेहरु सबैको कोरोना भइरस परीक्षण सहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।
संसद बैठकमा सांसदहरु बीचको दुरी कायम गरिने गरी व्यवस्थापन गरिएको र संसद प्रवेश गर्नेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँच गर्नुपर्ने व्यवस्था मिलाईएको छ ।




















