गोरखा समाचारदाता
गोरखा – १७ औं सवालाख रोट महोत्सव गोप्य रुपमा सुरु भएको छ ।
सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा गोरखानाथ मन्दिरमा रोट महोत्सव सुरु भएको हो ।
नोबल कोरोना भाइरस (कोडिभ–१९) संक्रमणका कारण देश नै लकडाउनमा भए पछि यस पटकको रोट महोत्सवमा कुनै पनि तामझाम बिनै सुरु गरिएको केन्द्रका संयोजक रामजी अर्यालले बताए । ‘संक्रमण फैलिन सक्ने भए पछि प्रशासनले स्विकृत नदिए पछि बिना तामझम रोट महोत्सव सुरु गरिएको’ उनले बताए ।
जिल्ला प्रशासन कार्यालय गोरखाले गएको २१ गते नै ‘बैशाख पुर्णिमा÷चण्डी पुर्णिमा÷बुद्व जयन्ती र रमजान पर्व’मा ठुलो संख्यामा मानिसहरु सहभागी हुने र भिडभाडले कोरोना संक्रमण फैलिन सक्ने भन्दै ‘त्यस्ता कार्यक्रम तथा समारोह नगर्न नगराउनुहुन’ भन्दै सूचना जारी गरिगरेको थियो ।
विगतमा गोरखा बजार देखी रयाली सहित गोरखनाथ मन्दिरमा पुगेर ठुलै तामझामका साथ महोत्सवको सुरुवात गर्ने प्रचलन भएता पनि यो पटक भने गुप्त रुपमा सञ्चालन गरिएको हो । देशको विभिन्न भागबाट आएका साधक साधिकाहरुका साथै सर्व साधारणहरुले बजार देखी कलश तथा बाजागाजा सहित गुरु गोरखनाथको रथ लिएर गुफा सम्म पुग्ने गर्दथ्यो ।
अहिले गोरखानाथ मन्दिर माथि रहेको रोट घरमा नाथ समुदायका २/३ जना नाथहरुले रोट पोल्दै छन् । विश्व शान्ति, कल्याण र अध्यामिक युग निर्माणका भन्दै केन्द्रले ०६१ साल देखी गोरखनाथ गुफामा सवालाख रोट महोत्सव गर्दै आएको छ ।
११ दिन सम्म चल्ने यो महोत्सवमा यस पटक भने १ लाख २५ हजार रोट पोलेर गोरखनाथलाई चढाउन नसकिएता पनि जति सकिन्छ त्यती नै चढाउने गरी काम भएको केन्द्रले जनाएको छ ।
विगत बर्षहरुमा जस्तै यो बर्ष रोट महोत्सवमा कुनै पनि भत्तजनहरु सहभागि हुन भने पाउने छैनन् ।






















