हरी कार्की ‘लक्की’
चितवन – चितवनमा उत्पादन भएको अर्गानिक उत्पादन विदेश निर्यात हुने भएको छ ।
मान्द्रो नेपाल नामक संस्थाले चितवनमा उत्पादन भएको अर्गानिक उत्पादन विदेश लाने तयारी गरेको हो ।
चितवनको भरतपुरमा रहेको संस्थाले स्थानीय स्तरमा उत्पादन भएको तरकारीहरुलाई सुकाएर प्याकिङ्ग गरि विदेश पैठारी गर्न लागेको संस्थाका संञ्चालिका अम्बिका धिताल बताईन् । ‘स्थानिय स्तमार उत्पादित गुन्द्रक, मस्यौरा, मुला तथा कुपिण्डोको चाना , सिन्की, टिकीया लगायत उत्पादनहरु’ विदेश पठाउन लागेको उनले बताईन ।
संस्थाले यस अघि पनि रायोको साग, कर्कलो, मासलाई सोलारको माध्यमबाट सुकाएर प्याकिङ्ग गरेर विदेश पठाउंँदै आएको सञ्चालिका धिताल बताउँछिन् । मान्द्रो नेपालले नेपाली बजार काठमाडौ र पोखरा जस्ता शहरमा बिक्री गर्दै आएको भएता पनि अहिले अमेरिका, अष्ट्रृेलिया र लण्डनमा बिक्रीका लागि त्यस्ता सामाग्री पठाउने गरेको छ ।
६ कठ्ठा क्षेत्रफलमा अर्गानिक खेती गर्दै आएको मान्द्रो नेपालले उत्पादन खेर नजावस भनेर सुकाएर प्याकिङ गर्दै विक्री गर्न थालेको हो । गतबर्षमात्र २ हजार केजी बिक्री गरेको मान्द्रो नेपाललाई यो बर्ष पनि प्रसस्त अर्डर आएको भएता पनि लकडाउनका कारण निर्यात गर्न समस्या भएको छ ।
मान्द्रो नेपालले स्थानीय महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यले उनीहरुलाई रोजगारी दिदै आएको छ ।




















