काठमाडौं । फेरी एक पटक पूर्वयुवराज पारस शाह र सोनिका रोकायको चर्चा सामाजिक सञ्जालमा सुरु भएको छ । एउटा अनलाईनले सोनिकाका विषयमा सार्वजनिक गरेको एउटा समाचारका कारण सोही विषयलाई आधार बनाएर सामाजिक सञ्जालमा चर्चा सुरु भएको हो । त्यो संगै पोखरामा रहेका पूर्वयुवराज पारसले फेसवुकमा लेखेको स्टाटसले पनि चर्चा पाएको छ ।
उनले सम्बन्ध विच्छेदलाई लिएर एउटा स्टाटस लेखेका थिए । उनले फाइनली सम्बन्ध विच्छेद भन्दै अंग्रेजिमा स्टाटस लेखेका थिए । सो स्टाटसमा उनले को संग कस्तो सम्बन्ध विच्छेद भन्ने कुरा भने खुलाएका थिएनन् । उनले त्यसरी स्टाटस लेख्नु अगाडीनै एउटा अनलाईनले सोनिका रोकायले पटक पटक गरी पारसको १२ लाख रुपैया एटिएमवाट झिकेको भनेर दावी सहित समाचार सार्वजनिक गरेको थियो ।
वाहिर त्यस्तो समाचार आउनु र पारसले सम्बन्ध विच्छेद भन्दै स्टाटस लेख्नु जसका कारण मानिसले अनेक अड्कल लगाए । सामाजिक सञ्जालमा उनले लेखेको स्टाटस सोनिका तर्फ लक्षित थियो भन्ने अड्कल लगाइयो । तर पारसले आफुसंग निकटको सम्बन्ध रहेकी युट्युवर तथा मोडल सोनीका रोकायलाई पारसकै १२ लाख रुपैया एटिएमवाट झिकेको भनेर आरोप लागेपछि त्यसको खण्डन गरेका छन् । पोखरामा रहेका उनले फेसवुक लाइभ मार्फत सो कुराको खण्डन गरेका हुन् । पारसलाई हार्ट अ ट्या क आएको भन्दै पनि सामाचार बाहिरिएको थियो । उनले सो कुराको पनि खण्डन गर्दै आफु सुरक्षित र स्वास्थ्य रहेको बताएका छन् ।
पोखरमा रहेका पूर्वयुवराज पारसले त्यहाँ लगायत चार दिन देखि


