गोरखा समाचारदाता
पर्सा – पर्साको एक नगरपालिकाको कार्यालयमा आगलागी भएको छ ।
जिल्लाको पोखरिया नगरपालिकाको कार्यालयमा आगलागी भएको हो ।
कार्यालयमा रहेको इन्भर्टरमा समस्या आए पछि आगलागी भएको अनुमान पर्सा प्रहरीले गरेको छ । आगो नगरपालिकाको आफ्नै बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
आगलागीबाट कार्यालयमा रहेका फर्निचर लगायतका सामाग्रीमा क्षति पुगेको छ । कार्यालयमा रहेका ब्याट्रि, इन्भर्टर लगायतका सामाग्रीमा पनि क्षति पुगेको नगरपालिकाले जनाएको छ ।




















