काठमाडौं : नेत्र विक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा पक्राउ परेका छन् । चितवन घर भएका नेता शर्मा भर्याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्याएका थिए ।
उपचारका लागि अस्पताल पुगेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनी अस्पतालमै छन् । नेता अनिल शर्मा बिरही प्रहरी घेरा भित्र उपचार गर्दै ।
उनको गिरफ्ताररी मा नेत्रबिक्रम चन्द बिप्लपलाई निकै तनाब हुने देखियको प्रहरी प्रसासन को अनुमान रहेको छ । विप्लव लाई लचिलो बनाउन र उनलाइ बार्ता मा आउन दवाब स्वरुप अनिल शर्मा को गिरफ्तार गरिएको नेकपा मा एक केन्द्रिय नेता ले बताए !


