२३ बैशाख २०७७, मंगलवार काठमाडौं । रोजगारीको सिलसिलामामा दुवईमा रहेका तनहुँका यज्ञप्रसाद गुरुङको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट दुवईमा मृत्यु भएको छ ।
विगत पाँच वर्षदेखि दुवईमा सेक्युरिटी कम्पनीमा काम गर्दै आएका गुरुङको वैशाख १८ गते मृत्यु भएको हो । मृतक गुरुङका भदै इन्द्र गुरुङका अनुसार, दुवईस्थित क्वारेन्टाइनमै उनको निधन भएको हो । चेकजाँचपछि कोरोना संक्रमणपछि क्वारेन्टाइनमै थिए । क्वारेन्टाइनमै औषधोपचार गरिरहेका बेला उनको निधन भएको हो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरे, ढोर लामागाउँ स्थायी घर भई हाल पोखराको पोखरी बस्दै आएका गुरुङको श्रीमती, एक छोरा र एक छोरी छन् । ४५ वर्षीय यज्ञप्रसादको छोरा पनि रोजगारीकै सिलसिलामा दुवईमै रहेको इन्द्र गुरुङले जानकारी दिए ।


