एजेन्सी – भारतमा कोरोना संक्रमितको संख्या र ज्यान गुमाउनेको संख्या दैनिक तीव्र गतिले बढ्न थालेको छ ।
सोमबार मात्रै भारतमा ४ हजारबढी संक्रमित थपिएका छन् । त्यस्तै गरी हिजै भारतमा संक्रमित मध्ये १७५ जनाले ज्यान गुमाएको छ । सोमबार भारतमा ज्यान गुमाउने र संक्रमण भारतमा कोरोना देखिएयताकै सबैभन्दा धेरै हो ।
हालसम्म १ हजार ५७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४६ हजार ४७६ जना पुगेको छ । १२ हजार ८४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएको छ । त्यहाँ संक्रमितको संख्या १३ हजार पुगेको छ । राजधानी दिल्लीमा पनि ४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । संक्रमण रोक्न भारतमा जेठ ४ गतेसम्म लकडाउन लागू गरिएको छ ।




















