एजेन्सी – भारतको दिल्लीमा मदिराको मूल्यमा ७० प्रतिशतले बृद्वि गरिएको छ ।
मदिरा पसलहरुमा अस्वभाविक भीड बढ्न थालेपछि राज्य सरकारले रक्सीमा स्पेशल कोरोना शुल्क भन्दै ७० प्रतिशत मुल्य वढाएको हो ।
कोरोना भाइरसका कारण सरकारी खर्चमा वृद्धि भएकाले थप राजस्व जुटाउनका लागि यस्तो निर्णय गरिएको दिल्ली सरकारले जनाएको छ ।
सोमवारदेखि लकडाउन केही खुकुलो पारिएपछि राजधानी दिल्लीका मदिरा पसलहरुमा अस्वभाविक भीड लागेको थियो ।
भीड बढेसँगै दिल्ली सरकारले गएरातिदेखि लागू हुने गरी मदिरामा ७० प्रतिशत शूल्क थपेको हो । मदिराको बोतलमा देखिएको बजार मूल्य अनुसार ७० प्रतिशत थप गरी नयाँ मूल्य कामय गर्ने निर्णय दिल्ली सरकारले गरेको हो ।


