गोरखा समाचारदाता
झापा – भारतीय भूमीबाट जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोज्नेहरुलाई रोक्ने क्रममा झापामा शसत्र प्रहरीले हवाइ फायर गरेको छ ।
सोमबार गएराति झापा गाउँपालिका ४ स्थित सुकुम्वासी बस्ती नजिकैवाट १०० भन्दा बढी भारतीय नागरिक जर्वजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले गोली चलाएको हो ।
नेपाल छिर्न खोज्नेले शसत्र प्रहरी माथिनै आक्रमण गर्ने प्रयास गरेपछि २ राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ । गोली चलाएपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए ।
जवर्जस्ती नेपाल र्छिन खोज्ने २ जनालाई सशस्त्र प्रहरीले रोकेपछि उनीहरु गाँउले भेला गरेर सीमा क्षेत्रमा पुनः आएपछि तनाव भएको थियो ।
झापासँगको सीमामा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको यो दोस्रो घटना हो । एक साता अघि कचनकवल गाउँपालिका ४ स्थित सीमाक्षेत्रमा पनि बलजफ्ती नेपाल पस्न खोजेका केही भारतीयले प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए ।


