गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा कोरोना संक्रमण भएको जिल्लाबाट कामदार भित्राईएको छ ।
सर्ब पक्षिय बैठकले बिकास निर्माण कामलाई अघि बढाउने सहमती लगत्तै कैलालीबाट आज (मंगलबार) बिहान एक बस मजदुरलाई सदरमुकाम ल्याईएको हो ।
जिल्ला प्रशासन कार्यालयको अनुमतीमा जिल्ला प्रहरी कार्यालयको काम गर्ने गरि ४५ जना मजदुर बिहान मात्रै गोरखा सदरमुकाममा प्रवेश गरेका हुन् । ‘पहिला पनि काम गरेर गएको मजदुर भएकोले उनीहरुलाई फेरी काममा फर्काइएको’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।
हामीले स्विकृत दिएका छैनौ : मेयर पन्त
यता सहमती बिना संक्रमित जिल्लाबाट मजदुर ल्याएको भन्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले रोष प्रकट गरेका छन् । ‘मलाई पहिला एक पटक मौखिक रुपमा सोधिएको थियो । मैले संक्रमण भएको जिल्लाभन्दा बाहिरबाट मजदुर ल्याएको खण्डमा आफुलाई आपत्ति नभएको जानकारी सिडियोलाई गराएको हुँ’ भन्छन मेयर पन्त ।
मेयर पन्तका अनुसार हिजो मात्र कैलालीबाट मजदुर हिडे पछि आफुलाई जानकारी गराईएको र तत्कालै आफुले असमती जनाएको बताए । यदी मजदुरमा कोरोना रहेछ र त्यसले जिल्लामा फैलिएको खण्डमा मजदुर ल्याउन स्विकृत दिने प्रमुख जिल्ला अधिकारी, मजदुर ल्याउन समन्वय गर्ने प्रहरी उपरिक्षक र ल्याउने ठेकेदारनै जिम्मेवार हुने मेयर पन्तले बताए ।
अझै पनि आएका मजदुरहरु सबैले क्वारिन्टीनमा बसेको प्रमाण पत्र र आरडिटीबाट नेगेटिभ देखिएमा मात्र कामको लागि सहमती दिन सकिने, होइन भने कुनै पनि हातमा हामी स्विकृती दिन नसकिने गोरखा नगरपालिकाले जनाएको छ ।
काम गर्न सम्वन्धीत पालिकाको पूर्व स्विकृती लिनुपर्ने प्रावधान अनुसार जिल्ला प्रहरी कार्यालय वा अनुमती दिने जिल्ला प्रशासन कार्यालय र ठेकेदार कम्पनी कुनैले पनि गोरखा नगरपालिकाको स्विकृती लिएको छैन् ।
लिखित सहमती समेत नभएको अवस्थामा संक्रमित जिल्लाबाट एका बिहानै एक बस मजदुर सदरमुकाममा रहेको प्रहरी कार्यालयमा प्रवेश गराउदा स्थानिय देखी जिल्ला बासी अचम्मित हुनुका साथै त्रसित समेत बनेका छन् ।
सहमती पछि मात्र मजदुर ल्याउन स्विकृत दिएका हौ : प्रजिअ पौडेल
मजदुर ल्याएको बिषयमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ‘मेयर सापले मौखिक स्विकृती जनाए पछि मात्र जिल्लामा मजदुर भित्राउनको लागि स्विकृती दिईएको’ बताए । ‘यता सरकारले बिकास निर्माणको कामलाई अगाडी बढाउने निर्माण गरे संगै जिल्लाको सबै स्थानिय निकाय संग समन्वय र सहमतीमा मात्र मजदुर ल्याउन दिएका हौ’ भन्छन् प्रजिअ पौडेल ।
प्रजिअ पौडेलले जे भनेता पनि मजदुरलाई जिल्ला वा स्थानिय पालिकामा भित्राउने बिषयमा गोरखा नगरपालिकाले सम्वन्धीत ठेकेदार कम्पनीलाई स्विकृत प्रदान भने गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय भित्र बन्दै गरेको निर्माणाधिन भवनमा ‘काम गर्न ल्याईएका मजदुरबाट हामी प्रहरी नै अुसरक्षित भयौ’ नाम उल्लेख नगर्ने शर्तमा एक प्रहरी अधिकृतले बताए । मजुदरमा कोरोना नभए त जाती रहेछ भने त सबै भन्दा पहिला हामी नै संक्रमित हुन्छौ नि होइन र ? अर्का प्रहरी अधिकृतले प्रति प्रश्न समेत गरे ।
भवन बनाउन बाध्यता छ : प्रहरी प्रमुख अधिकारी
यता मजदुर ल्याउन समन्वयकारी भूमिका खेलेका गोरखाका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले ‘भवन बनाउदा बनाउदै फर्किएका मजदुरलाई नै ल्याएको’ भन्दै ‘मजदुर निर्माण स्थल भित्रै बनाएको कटेरोमा क्वारिन्टीन जस्तै गरि राखिने हुनाले बाहिर जान नपाउने’ बताए ।
बर्षा लाग्यो, प्रहरी जवानहरुले खाना पकाएर खाने स्थन समेत छैन । भवन निर्माण नगरी नहुने बाध्यताका कारण पनि मजदुर ल्याउनु परेको प्रहरी प्रमुख अधिकारीले बताए ।
पश्चिम तराईको कैलालीमा ४ जना संक्रमित देखिएकोमा ३ जना स्वास्थ्य उपचार पछि घर गई सकेका छन् भने १ जना अझै उपचारत छ ।


