गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोडिभ–१९) को संक्रमण भएका ७ जनामा पुष्टि भएको छ ।
नेपालगञ्जका नागरिकहरुमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ ।
भेटिएका नयाँ सङ्क्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षीय पुरुष छन् भने ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेको मन्त्रालयले जनाएको छ ।


