गोरखा समाचारदाता
धनुषा – धनुषामा सालीको प्रेम सम्वन्धमा रहेका एक श्रीमानले श्रीमतीको हत्या गरेको छ ।
मिथिला नगरपालिका ९ लालभिट्टीका २८ वर्षिय हरि चौहानले आफ्नो सालीसँगको प्रेम सम्बन्धका कारण २५ वर्षीया पत्नी विणा चौहान लामाको हत्या गरेको हो ।
श्रीमान चौहानले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर शलले घाँटी बेरेर हत्या गरि जंगलमा गाडेको बयान प्रहरी समक्ष दिएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
श्रीमती हत्या गर्नुअघि नै चौहानले खाडल खनि तयार पारेर राखेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी कार्यालयले जनाएको छ । बयानको आधारमा प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि पठाएको छ । हत्यापछि उनले पत्नी हराएको भन्दै प्रहरीले उजुरी समेत दर्ता गराएका थिए ।
मृतक विणाको ४ वर्षकी एक छोरी र साढे २ वर्षका एक छोरा छन् ।




















