गोरखा समाचारदाता
चितवन – नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेको छ ।
उत्त खण्डाको जलबिरेमा पहिरो खसेको हो । पहिरो पन्छाए पछि अहिले एकतर्फी सवारी संचालनमा आएको छ ।
पहिरो सोमबार बिहान साढे १० बजेतिर खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोले खाद्यान्न ढुवानी गर्ने र निजी सवारी साधानलाई अवरोध गरे पछि अहिले उत्त क्षेत्रमा मेशिन लगाएर पहिरो सफा गर्ने काम भई रहेको छ ।


