एजेन्सी – युरोपेली देशहरुमा कोरोना भाइरसको संक्रमण बिस्तारै घट्दै गएको छ । ती देशहरुमा आइतबार ज्यान गुमाउनेको संख्या झण्डै २ महिना यताकै कम देखिएको छ ।
पछिल्लो २४ घन्टामा इटालीमा १७४, स्पेनमा १६४ र फ्रान्समा १३५ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेको संख्यामा कमी आएको र संक्रमण समेत कम हुदै जान थाले पछि फ्रान्समा ११ मे देखि लकडाउन हटाउने तयारी गरिएको छ । विद्यालय खोल्ने तथा व्यापार, व्यवसाय खुला हुने बताइएको छ ।
फ्रान्सका नगर प्रमुखहरु भने लकडाउन हटाउने निर्णयको विपक्षमा छन् । ३०० भन्दा बढी नगरप्रमुखले लकडाउन अझै लम्ब्याउन आग्रह गरेका छन् ।
स्पेनमा २ महिनाको यो अवधिमा शनिवारदेखि बयस्क मानिसलाई घर बाहिर निस्कन दिइएको छ । उनीहरू सार्वजनिक यातायातका साधनमा मास्क लगाएर यात्रा गर्न पाउनेछन ।
त्यस्तै व्यावसायिक कारोबार पनि खुला हुनेछ । आजदेखि इटालीमा लकडाउन खुकुलो बनाउँदैछ । विद्यालय, फिल्म हल र सपिङ मलहरू भने बन्द नै हुनेछन् ।


